प्रधानमन्त्रीलाई राजीनामा दिन आफ्नै दलका सांसदको दबाब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ०७:४८

एजेन्सी । बेलायतका प्रधानमन्त्री किएर स्टार्मरमाथि आफ्नै दलभित्रबाट राजीनामाको दबाब बढ्दै गएको छ । लेबर पार्टीका ८६ जना सांसदहरूले प्रधानमन्त्रीलाई पद त्याग्न वा स्पष्ट समयसीमा घोषणा गर्न आग्रह गरेपछि सरकारभित्रको असन्तुष्टि सार्वजनिक रूपमा देखिन थालेको हो ।

हालै सरकारबाट मन्त्री एलेक्स डेभिस जोन्सले राजीनामा दिएपछि स्टार्मर सरकार छाड्ने मन्त्रीहरूको संख्या तीन पुगेको छ । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको राजीनामा पत्रमा देशको हितमा ध्यान दिँदै नेतृत्व परिवर्तनको समयतालिका तय गर्नुपर्ने सुझाव दिएकी छन् । यसअघि जेस फिलिप्स र मिआटा फानबुल्लेहले पनि मन्त्री पद छोडिसकेका थिए ।

Advertisement

लेबर पार्टीभित्रको असन्तुष्टि बढेसँगै केही सांसदहरूले प्रधानमन्त्रीको कार्यशैली र हालको राजनीतिक निर्णयमाथि प्रश्न उठाएका छन् । गत स्थानीय निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि नेतृत्वमाथि दबाब थपिएको हो ।

यद्यपि पार्टीभित्र सबै सांसदहरू प्रधानमन्त्रीको विपक्षमा भने छैनन् । एक सयभन्दा बढी सांसदहरूले संयुक्त वक्तव्य जारी गर्दै नेतृत्व परिवर्तन अहिलेको प्राथमिकता नभएको बताएका छन् । उनीहरूले मतदाताको विश्वास पुनः जित्नका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

सन् २०२४ को आम निर्वाचनमा ठूलो बहुमतसहित सत्ता सम्हालेको लेबर पार्टी अहिले दुई वर्ष नपुग्दै आन्तरिक दबाब र असन्तुष्टिको सामना गरिरहेको छ । राजनीतिक विश्लेषकहरूले यो अवस्था पार्टी नेतृत्वका लागि चुनौतीपूर्ण मोड भएको टिप्पणी गरेका छन् ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.