हमलामा परेर सुधार केन्द्रमै २६९ को मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ०९:५८

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध दुर्व्यसनी सुधार केन्द्रमा पाकिस्तानले गरेको आत्मघाती प्रकृतिको हवाई आक्रमणमा परी कम्तीमा २६९ जनाको मृत्यु भएको तथ्य सार्वजनिक गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार मारिनेमा उपचाररत बिरामी र केन्द्रमा कार्यरत कर्मचारी रहेका छन् । गत मार्च १६ मा ‘ओमिद ड्रग रिह्याबिलिटेसन हस्पिटल’मा तीनवटा बम खसालिएको थियो ।

Advertisement

आक्रमण अत्यन्त शक्तिशाली भएकाले धेरै शव चिन्न नसकिने अवस्थामा पुगेका थिए । संयुक्त राष्ट्रसंघले पुष्टि गरेको मृतक संख्या २६९ भए पनि वास्तविक संख्या अझ बढी हुन सक्ने जनाइएको छ ।

पाकिस्तानी सेनाले उक्त केन्द्रलाई आतंकवादी र आत्मघाती बम आक्रमणकारीलाई तालिम दिने अखडाका रूपमा चित्रण गर्दै कारबाही गरिएको दाबी गरेको छ । तर, बीबीसीसँग कुरा गरेका ३० भन्दा बढी पीडित परिवार र प्रत्यक्षदर्शीले त्यहाँ सर्वसाधारण र उपचाररत बिरामी मात्रै रहेको बताएका छन् ।

मानवअधिकार संस्था ह्युमन राइट्स वाचले घटनालाई गैरकानुनी आक्रमण र सम्भावित युद्ध अपराध भनेको छ । संयुक्त राष्ट्रसंघले पनि उक्त स्थान सन् २०१६ देखि लागुऔषध सुधार केन्द्रका रूपमा सञ्चालन हुँदै आएको र अन्तर्राष्ट्रिय निकायहरूलाई त्यसबारे जानकारी रहेको स्पष्ट पारेको छ ।

सन् २०२१ मा तालिबान सत्तामा आएपछि पाकिस्तान–अफगानिस्तान सम्बन्ध लगातार तनावपूर्ण बन्दै गएको छ । पाकिस्तानले तालिबान सरकारले आफ्नो भूमिमा सक्रिय आतंकवादीलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ भने तालिबानले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

तालिबान सरकारका प्रवक्ताले घटनालाई युद्ध अपराधको संज्ञा दिँदै अन्तर्राष्ट्रिय अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन् । पीडित परिवारले भने आफ्ना आफन्तको सम्मानजनक अन्त्येष्टि गर्नसमेत नपाएको भन्दै न्यायको माग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.