इटहरीबाट खैरो हेरोइनसहित बाबु–छोरा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ०९:३८

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१८ रैहिपुरबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित बाबु–छोरालाई पक्राउ गरेको छ ।

घरमै लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले ४८ वर्षीय शीतल चौधरीको घरमा मंगलबार साँझ ५ः२० बजेतिर छापा हानेको थियो । छापा हानेर घरका कोठा खानतलासी गर्दा ३ दशमलव ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले घटनास्थलबाट ब्राउन सुगरको कारोबारमा प्रयोग हुने डिजिटल तराजु, को २३ प ६४१८ र मे १ प ३९९५ नम्बरका दुईवटा मोटरसाइकल तथा नगद ८१ हजार ३४० रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको छ । त्यसलगत्तै प्रहरीले ४८ वर्षीय शीतल र उनका छोरा २३ वर्षीय सुशान्त चौधरीलाई पक्राउ गरेको छ ।

बाबु–छोरा नै मिलेर घरबाट लागुऔषधको धन्दा चलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । पक्राउ परेका बाबु–छोराविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.