ट्रम्पको दाबी, ‘इरान अमेरिकाको नियन्त्रणमै छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ११:४५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नरहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको निम्तालाई स्वीकार गर्दै चीन भ्रमणमा जाने क्रममा बेइजिङ प्रस्थान गर्नुअघि ट्रम्पले इरान पूर्ण रूपमा अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरेका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले जुनसुकै अवस्थामा पनि युद्ध जित्ने दाबी गरे ।

Advertisement

उनले सुरुमा चीनसँग इरानका बारेमा विस्तृत छलफल हुने बताएका थिए । तर, केही समयमै आफ्नो भनाइ बदल्दै इरानको अवस्था नियन्त्रणमा रहेकाले यस विषयमा विशेष छलफल आवश्यक नभएको बताएका हुन् ।

ट्रम्पको तीन दिने चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणका क्रममा व्यापार, ताइवान र इरानको आणविक कार्यक्रम मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ। अमेरिकाले चीनसँग खाद्यान्न र हवाईजहाज बिक्री बढाउने विषयमा पनि कुराकानी गर्ने जनाएको छ ।

यसैबीच ताइवानलाई अमेरिकाले ठूलो परिमाणमा हतियार बिक्री गर्ने तयारी गरेपछि बेइजिङ असन्तुष्ट बनेको छ । इरानसँगको शान्ति वार्ता भने पूर्ण रूपमा अवरुद्ध छ । अमेरिकाले इरानको आणविक कार्यक्रम अन्त्य गर्न दबाब दिइरहेको छ भने इरानले युद्ध क्षतिपूर्ति र युद्धविरामको सर्त अघि सारेको छ ।

अमेरिकी अधिकारीहरूले चीनलाई इरानमाथि प्रभाव प्रयोग गर्न आग्रह गरिरहेका बेला ट्रम्पले भने सार्वजनिक रूपमा चीनको सहयोग नचाहिने अडान दोहोर्‍याएका छन् ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.