हत्या आरोपीमाथि गोली प्रहार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार ०६:०७

काठमाडौं । काठमाडौंको चोभारमा हत्या आरोपितमाथि प्रहरीले गोली प्रहार गरेको छ । हत्याका आरोपी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

धारिलो हतियार प्रयोग गरी युवकको हत्या गरेको आरोपमा खोजीमा रहेका सुजन शाहीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि नै आक्रमण गरी भाग्ने प्रयास गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैशाख २३ गते कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित एक गार्डेनमा गुल्मी घर भएका २२ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरिएको थियो ।

Advertisement

गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि मुख्य आरोपी शाही फरार हुँदै काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए ।

प्रहरीले विशेष सूचनाका आधारमा उनको खोजी थालेको थियो । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि शाहीले प्रतिकार गर्दै भाग्न खोजेपछि नियन्त्रणका लागि गोली प्रहार गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले बताए ।

गोली लागेर घाइते भएका शाहीलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
 गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
गुणस्तरहीन भेटिएपछि ‘करेन्ट’ र ‘लाली’ चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
पूर्वगृहमन्त्री गुरुङलाई चोख्याउन छानबिन समिति गठन गरिएको कांग्रेसको आशंका
यो वर्ष मनसुनजन्य विपदबाट सवा २ लाख जनसंख्या प्रभावित हुने
जेनजी आन्दोलनका अगुवाहरूद्वारा संविधान संशोधन सम्बन्धी छलफल बहिष्कार
सुनको मूल्य तोलामा ४ हजारले घट्यो, चाँदी पनि सस्तियो
अनौपचारिक शिक्षाको तथ्याङ्क पनि अब ‘इमिस’ प्रणालीमा
गुप्तचर विभाग पुनः प्रधानमन्त्री कार्यालय मातहत
पुनः श्रम स्वीकृति पूर्ण स्वचालित बनाइँदै, ७ देशसँग नयाँ श्रम सम्झौताको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.