लागुऔषध ‘पोल्यान्ड’ र दुई थान हतियारसहित ६ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार ०८:५३
 लागु औषध ‘पोल्यान्ड’ र दुई थान हतियारसहित ६ जना पक्राउ

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध र हतियारसहित ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले मंगलबार १२ केजी लागुऔषध ‘पोल्यान्ड’, एक थान पेस्तोल र एक थान एयरगनसहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ताहरूले गाँजालाई पेलेर धुलो बनाई चुरोटमा राखेर सेवन गर्ने विशेष वस्तुलाई ‘पोल्यान्ड’ भन्ने गरिन्छ। सुरुमा लागुऔषध प्रयोगकर्ताहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनीहरूसँग हतियार समेत रहेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार, बरामद गरिएका हतियारहरू बौद्धस्थित जम्बु डाँडामा रहेको एक फोहोर मैला संकलन केन्द्रमा लुकाएर राखिएको अवस्थामा फेला परेका हुन् ।

पक्राउ पर्नेहरूमा सिन्धुली घर भएका विनोद अधिकारी, विकास सुनुवार, सुदीप परियार र सक्सन दोर्जे लामासहित ६ जना रहेका छन् । पक्राउ परेका व्यक्तिमाथि लागुऔषध र अवैध हतियार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिए ।

पछिल्लो समय उपत्यकामा लागुऔषध ओसारपसार र आपराधिक गतिविधिमा संलग्न समूहमाथि प्रहरीले निगरानी बढाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.