दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोप २ युवा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १६:११
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोप २ युवा पक्राउ

काठमाडौं । बाँकेका छुट्टाछुट्टै स्थानमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।

१५ वर्षीया र १३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कोहलपुर नगरपालिका–४ बेलनपुरका २६ वर्षीय रैबर खानले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडितको उजुरीका आधारमा खानलाई मंगलबार साँझ पक्राउ गरिएको हो ।

Advertisement

त्यसैगरी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बैजनाथ गाउँपालिका–२ छमनिया गाउँका २२ वर्षीय फुलसिंह थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो बैजनाथ गाउँपालिका–५ बनकटुवा चोकबाट नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि कानुनी कारबाहीका लागि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनाको प्रकृति र गम्भीरतालाई ध्यान दिँदै प्रहरीले घटनालाई सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
अन्जनीकुमार पोखरेल एआईजी बन्दै : सशस्त्रका ‘एक्सन अफिसर’, सीमादेखि विपद्सम्म सफल
कचनकवलमा आगलागी : दुई घर जल्यो, १७ लाख बराबरको क्षति
रुबी खान र सरकारबीच ५ बुँदे सहमति, २३ औँ दिनमा अनसन तोडियो
रुबी खान र सरकारबीच ५ बुँदे सहमति
बुद्ध एयरको दुर्घटनाग्रस्त जहाज १० दिनभित्र हटाइने 
बुद्ध एयरको दुर्घटनाग्रस्त जहाज १० दिनभित्र हटाइने 
फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा छैटौँ पटक सगरमाथाको सफल आरोहण
फोटो पत्रकार पूर्णिमा श्रेष्ठद्वारा छैटौँ पटक सगरमाथाको सफल आरोहण
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोप २ युवा पक्राउ
दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोप २ युवा पक्राउ
बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
झापामा घाइते अवस्थामा भेटिएको जंगली साँढे गोरुको मृत्यु
अदालतको अपहेलना मुद्दामा युट्युबरलाई जेल सजाय
विराटनगरबाट भन्सार छलीको प्रोटिन पाउडर बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.