एसियाली खेलमा पलेशालाई कांस्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १८:५१
एसियाली खेलमा पलेशालाई कांस्य

काठमाडौं । नेपालकी पलेशा गोवर्द्धनले ११ औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कांस्य पदक जितेकी छन् ।

मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिमा पलेशाले कांस्य पदक जितेकी हुन् । पहिलो चरणमा बाइ पाउँदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।

Advertisement

सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसँग पराजित भएपछि कांस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनिमा अमिर ब्लोन र महिला ४७ केजीमुनिमा रेणु तामाङ पहिलो चरणमै पराजित भए । दुवै इरानी खेलाडीसँग चुके ।

अब अमिर र रेणु उलानबटारमै मंगलबारदेखि हुने आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुने छन् । विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुने छन् ।

पलेशा भने छनोट प्रतियोगितामा सहभागी हुने छैनन् । पलेशा विश्व र्याङकिङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छनोट भइसकेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.