१ लाख ५० हजारसम्मका बचतकर्तालाई रकम फिर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १८:५४

काठमाडौं । काठमाडौं महानगरपालिका, सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ । सहकारीले आज ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–६ मा सञ्चालित उक्त सहकारी संस्थाले एक लाख ५० हजारसम्म बचत गरेका ७० जना बचतदाता सदस्यलाई बचत रकम फिर्ता गरेको काठमाडौं महानगरपालिका सहकारी विभागले जानकारी दिएको हो । सहकारीले आगामी एक महिनाभित्र पाँच लाखसम्म बचत गरेका बचतकर्ताको रकमसमेत फिर्ता गर्ने योजना बनाएको जनाएको छ । विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गर्दै आएको छ ।

Advertisement

सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्ले ले बचत रकम फिर्ता प्रक्रियाबारे जानकारी दिदै माग दाबी सहितको निवेदन लिएर संस्थाका सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने प्रयास भइरहेको बताए । उनका अनुसार संस्थाको सञ्चालक समितिको निर्णयअनुसार ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र तथा सार्वजनिक सूचनामार्फत ऋण चुक्ता गर्न अनुरोध गरिन्छ ।

वडास्तरमा समस्या समाधान हुन नसके विभागले थप सहजीकरण गर्ने गरेको छ । यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन नमाने कारबाहीका लागि सिफारिस गरिने तथा ऋणीले ऋण नतिरे सम्बन्धित निकायमा कारबाहीका लागि पठाइने व्यवस्था रहेको विभागले जनाएको छ। विभागका अनुसार यस प्रक्रियामार्फत बचतकर्ताले एकमुष्ट वा किस्ताबन्दीमा आफ्नो बचत रकम फिर्ता पाइरहेका छन् । संस्था बन्द गरी सम्पर्कविहीन भएकाको हकमा भने एसएमएस र पत्रमार्फत सूचना जारी गर्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने गरिएको छ ।

तपाइको प्रतिक्रिया
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : स्थिति पूर्णरूपमा तनावग्रस्त, अवस्था सुरक्षा नियन्त्रणबाहिर
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×