सांकेतिक तस्बिर ।झापा । झापामा एक जना युवकले बिहीबार बिहान आफ्नै पत्नी र छोरीमाथि खुकुरी प्रहार गरेका छन् । बिर्तामोड नगरपालिका–१ बरपिपल बस्ने ३६ वर्षीय बुद्धिलाल मुमूले पत्नी ३५ वर्षीया मला मर्डी र छोरी १५ वर्षीया विनिता मर्डीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा बुद्धिलालले पत्नी र बालिका छोरीमाथि बिहान १०ः३० बजेतिर खुकुरीले प्रहार गरेको पाइएको छ । खुकुरी प्रहारबाट दुवै जना गम्भीर घाइते भएका छन् ।
खुकुरी प्रहार गरेर पत्नी र छोरीलाई घाइते बनाएपछि बुद्धिलाल फरार बनेका छन् । घाइते दुवै जनाको बिर्तासीटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनरमनीबाट खटिएको टोलीले खुकुरी बरामद गर्दै घटनामा संलग्न बुद्धिलालको खोजी तीव्र पारेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























