काफ्ले बन्धु समाज मोरङको अध्यक्षमा नवराज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार १८:२९

विराटनगर । काफ्ले बन्धु समाज मोरङको अध्यक्षमा नवराज काफ्ले चयन भएका छन् । दोस्रो जिल्ला अधिवेशनबाट विराटनगर –४ का नवराज अध्यक्ष चयन भएका हुन् ।

नवगठित समितिको उपाध्यक्षमा टीकाराम काफ्ले र सावित्रा काफ्ले, सचिवमा दलबहादुर काफ्ले, सहसचिवमा चुणामणि काफ्ले र कोषाध्यक्षमा नरेन्द्र काफ्ले चयन भएका छन् ।

Advertisement

समितिको सदस्यमा थर्कप्रसाद काफ्ले, अम्वेबर काफ्ले, निलमणि काफ्ले, टेकबहादुर काफ्ले, झमकबहादुर काफ्ले चयन भएका छन् । काफ्ले बन्धु समाजका केन्दीय उपाध्यक्ष दुर्गा काफ्लेको उपस्थितिमा दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.