जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा सिरहामा विद्यार्थीको प्रदर्शन 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ०८:३४
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको

सिरहा । एसइई र कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका करिब ५ सय थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको घटनाको विरोधमा सिरहाका विद्यार्थी संगठनहरू आन्दोलित भएका छन् ।

संयुक्त विद्यार्थी संगठनले प्रशासनको उक्त कदमलाई ‘दमनकारी’ भन्दै सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहा अगाडि विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको प्रचार सामग्रीमा ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने नाराका साथ प्रदर्शनमा सहभागी हुन सबै विद्यार्थीलाई आह्वान गरिएको हो ।

Advertisement

अनेरास्ववियु मधेस प्रदेश संयोजक सतिशचन्द्र सिंहले प्रशासनले विद्यार्थीको सम्पत्तिमाथि क्षति पुर्‍याएको भन्दै उचित क्षतिपूर्ति र न्यायको मागका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न परीक्षाका क्रममा परीक्षार्थीहरूबाट ७ वटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्ट घडी बरामद गरेको थियो । ती सामग्रीहरूको बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ ।

परीक्षाको मर्यादा कायम राख्ने नाममा शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा गठित समितिले ती मोबाइलहरूलाई २४ घण्टासम्म पानीको ड्रममा डुबाएर पूर्ण रूपमा नष्ट गरेको थियो । प्रशासनले ती उपकरणहरू पुनः प्रयोग हुन नसकोस् भनेर यस्तो निर्णय गरिएको बताएको छ ।

यद्यपि, जफत गरिएका सामग्री सुरक्षित राखेर परीक्षापछि फिर्ता गर्नुको साटो नष्ट गरिएपछि अभिभावक, कानुन व्यवसायी र विद्यार्थी संगठनहरूले यसको कडा विरोध गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
सामान्य विवाददेखि गोलीकाण्डसम्म : कप्तानगन्जमा कहाँ चुक्यो राज्य ?
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×