अमेरिका र इरानबीच यस्ता छन् सहमतिका बुँदा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार ०७:३१

काठमाडौं । युद्ध अन्त्य गर्ने सहमति गरेका अमेरिका र इरानले सम्झौताको अन्तरिम पाठ सार्वजनिक गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैकाे डिजिटल हस्ताक्षरसहितकाे पत्र सार्वजनिक भएकाे हाे । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ ।

Advertisement

अमेरिका र इरानीबीच अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर भने शुक्रबार स्वीटजरल्याण्डमा हुँदैछ ।समाचार एजेन्सी रोयटर्सका अनुसार सम्झौताका प्रमुख ६ बुँदाहरू यस्ता छन् ।

१. लेबनानसहित सबै मोर्चामा तत्काल युद्ध अन्त्य गरिने ।

२. हर्मुज जलडमरूमध्ये (स्ट्रेट अफ होर्मुज) मा समुद्री आवतजावत पूर्णरूपमा सुचारु गरिने ।

३. इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी हटाइने ।

४. अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने र रोक्का गरिएका सम्पत्तिहरू खुला गर्ने ।

५. इरानको आर्थिक पुनर्स्थापनाका लागि ३०० अर्ब अमेरिकी डलरको योजना लागू गर्ने ।

६. इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो दशकौँ पुरानो प्रतिबद्धतालाई पुन: दोहोर्‍याउने ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो प्रतिबद्धता पूरा नगरे पुन: आक्रमण सुरु गर्ने चेतावनी दिएका छन् ।

फ्रान्समा आयोजना भइरहेको जी–७ शिखर सम्मेलनमा सहभागी ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘यदि उनीहरूले सम्झौता उल्लंघन गरे, हामी उनीहरूमाथि भयानक बमबारी गर्नेछौँ । म त्यसो होस् भन्ने चाहन्नँ, म उनीहरूले सम्झौताको सम्मान गरुन् भन्ने चाहन्छु ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.