आर्या न्युरो हस्पिटल पाँचौँ वर्षमा: सेवामा सहुलियत र गुणस्तरमा फड्को

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार ०९:४३
आर्या न्युरो हस्पिटलको पाँचौँ वर्षमा: सेवामा सहुलियत र गुणस्तरमा फड्को

विराटनगर । विराटनगर–३ कञ्चनबारीमा रहेको ‘आर्या न्युरो हस्पिटल’ ले आफ्नो स्थापनाको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । पाँचौँ वार्षिकोत्सवको अवसर पारेर हस्पिटलले बिरामीहरूको सेवाका लागि असार महिनाभरि विशेष सहुलियतका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

अस्पताल प्रशासनका अनुसार वार्षिकोत्सवको उपलक्ष्यमा असार महिनाभर ‘न्युरो ओपिडी’ सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ । त्यसैगरी, मधुमेहका बिरामीका लागि ब्लड सुगर (फास्टिङ र पीपी), पिसाब जाँच र रक्तचाप (ब्लड प्रेसर) जाँच पनि निःशुल्क उपलब्ध गराइने अस्पतालका निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।

निर्देशक ठाकुरका अनुसार यी बाहेक अस्पतालमा गरिने अन्य सम्पूर्ण स्वास्थ्य जाँच तथा ल्याब परीक्षणहरूमा बिरामीले २५ प्रतिशत छुट पाउने छन् ।

विगत चार वर्षदेखि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालले छोटो समयमै बिरामीहरूको ठुलो विश्वास जित्न सफल भएको छ । विशेषगरी न्युरो सम्बन्धी जटिल प्रकारका शल्यक्रिया र उपचार सेवामा आर्या न्युरो हस्पिटलले कोशी प्रदेशमै आफ्नो छुट्टै पहिचान बनाएको छ ।

अस्पतालमा वरिष्ठ न्युरो सर्जन डा. पंकजराज नेपालको नेतृत्वमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिमार्फत उपचार सेवा प्रदान गर्दै आएको छ । वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको यो सहुलियतले धेरै बिरामीलाई लाभ पुग्ने विश्वास अस्पतालले लिएको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×