
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदीको मूल्यमा आइतबार पनि वृद्धि भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १ हजार ४ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य आइतबार तोलाको २ लाख ८७ हजार ३ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ७ सय ३० रूपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रूपैयाँ थियो ।



















