
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको प्रतितोला ८ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन तोलाको २ लाख ७९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार प्रतितोला २ लाख ७८ हजार ३ सय रूपैयाँ थियो ।
सुनको मूल्य केही दिन ओरालो लागेर बिहीबार बढेको हो । अघिल्लो दिन सुनको मूल्यमा भारी गिरावट आएको थियो । तर, बिहीबार भने भने भाउ सामान्य हिसाबले बढेको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ४ हजार १ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रूपैयाँ थियो । चाँदीको मूल्य केही दिनदेखि निरन्तर घटिरहेको छ ।



















