सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १७:००

सुनसरी । प्रहरीले सवारी ज्यान मुद्दामा अदालतबाट कैद तथा जरिबानाको सजाय सुनाइए पनि फरार रहेका एक प्रतिवादी सुनसरीबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आइतबार साँझ ६ः३० बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका–८, विष्णुचोकका २५ वर्षीय मदन मण्डललाई उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतले २०७९ साल फागुन २६ गते मण्डललाई सवारी ज्यान मुद्दामा तीन वर्ष कैद र सात हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।

अदालतले दोषी ठहर गर्दै कैद र जरिबानाको फैसला गरेको भए पनि मण्डल लामो समयदेखि फरार थिए । पक्राउ परेका मण्डललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

अदालतले कैद सजाय भुक्तानका लागि उनलाई कारागार चलान गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर फरार प्रतिवादीहरूको खोजीका लागि अभियान सञ्चालन गरिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

तपाइको प्रतिक्रिया
कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन ७ दिने अल्टिमेटम
नेपाल र एडीबीबीच २५ अर्बको ऋण सम्झौता, कुन–कुन क्षेत्रमा खर्च हुन्छ ?
अजय सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सर्वोच्चको अङ्कुश
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
पत्रकारितामा एआईको जिम्मेवार प्रयोगको प्रतिबद्धतासहित ‘विराटनगर घोषणापत्र’ जारी
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउनै पर्छ
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिले गरे पदभार ग्रहण
पूर्वसांसद लक्ष्मी कोइरीलाई कारागार पठाउने कारण पेश गर्न सर्वाेच्चकाे आदेश
सडकमा युवतीलाई अश्लिल अंग देखाउने कर्मचारी पक्राउ
संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले खाेजे प्रधानमन्त्री
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.