अजय सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सर्वोच्चको अङ्कुश

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १८:५१

काठमाडौं । व्यवसायी अजय सुमार्गी पराजुलीमाथि भइरहेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान थप अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

सुमार्गी आबद्ध दुई कम्पनी नेपाल स्याटेलाइट र मुक्तिश्री सिमेन्टसँग सम्बन्धित पुराना मुद्दाहरूको फैसलालाई आधार मान्दै सर्वोच्चले नयाँ अनुसन्धान तत्कालका लागि रोक्न भनेको हो ।

Advertisement

२०७६ सालमा सर्वोच्चले मुक्तिश्री सिमेन्टको वैदेशिक लगानीबारे ६ महिनाभित्र अनुसन्धान टुंग्याउन आदेश दिएको थियो, जुन अहिलेको अनुसन्धानसँग बाझिएको अदालतको ठहर छ ।

वर्षौंदेखि एउटै विषयमा पटक–पटक अनुसन्धान गरेर आफूलाई दुःख दिएको भन्दै सुमार्गी सर्वोच्च गएका थिए । विभागले दुई साताअघि उनको पासपोर्ट रोक्का गरेपछि उनी अदालत पुगेका हुन् ।

सुमार्गीले साइप्रस र ब्रिटिस भर्जिन आइल्याण्ड जस्ता ट्याक्स हेभन (कर छलीका लागि अनुकूल) मुलुकहरूबाट झण्डै १० अर्ब रुपैयाँ वैदेशिक ऋणका रूपमा भित्र्याउन खोजेका थिए । उक्त रकमको स्रोत नखुलेको र शंकास्पद देखिएको भन्दै राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको थियो ।

सर्वोच्चको यो आदेशसँगै विभागको अनुसन्धान तत्कालका लागि रोकिएको छ। यद्यपि, विभागले यो अन्तरिम आदेश खारेजीको माग गर्दै पुनः निवेदन दिने बाटो भने खुल्ला छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×