सुनचाँदीको मूल्य घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार ११:१८

विराटनगर । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदको मूल्य मंगलबार पनि घटेको थियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ९ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८७ हजार १ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य मंगलबार तोलाको २ लाख ८८ हजार रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ५ सय रूपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.