लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार १२:४५

रंगेली । मोरङको रंगेली नगरपालिका–७ को मुख्य बजारमा २०६४ सालदेखि सेवा सञ्चालन गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडको रंगेली शाखाले बिहीबार १९औँ वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रममा समाजसेवी मनोज अग्रवालले प्रारम्भिक चरणमै रंगेलीमा सेवा विस्तार गरेको बैंकले लामो समयदेखि नागरिकको विश्वास जित्दै सहज, भरपर्दो र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बताए । उनले आगामी दिनमा पनि सेवाग्राहीमैत्री सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

स्थानीय बुद्धिजीवी मछिन्द्र कटुवालले बैंकसँग आफ्नो लामो सम्बन्ध रहेको उल्लेख गर्दै संस्थाले सेवाग्राहीलाई सम्मान, आत्मीयता र विश्वासका साथ सेवा दिँदै आएको तथा आर्थिक कारोबारसँगै समाजप्रतिको दायित्व पनि प्रभावकारी रूपमा निर्वाह गरिरहेको बताए । शाखा प्रबन्धक दुर्गेश रौनियारले १९औँ वार्षिकोत्सव बैंकका लागि उत्सव नभई सेवाग्राहीप्रतिको प्रतिबद्धता दोहोर्‍याउने अवसर भएको उल्लेख गर्दै आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवामार्फत ग्राहकको विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने पनि बताए । वार्षिकोत्सवका अवसरमा रंगेली–७ का ७ वर्षीय अनमोल कटुवालको हातबाट केक काटेर स्थापना दिवस मनाइएको थियो । कार्यक्रममा प्रकाश चिरानिया, वेदमणि घिमिरे, राजेश गोल्यानलगायत बैंकका कर्मचारी, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
अघोषित लोडसेडिङ र ट्रिपिङले मोरङ–सुनसरीका उद्योग धराशायी
अघोषित लोडसेडिङ र ट्रिपिङले मोरङ–सुनसरीका उद्योग धराशायी
सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा ?
सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
बालमन्दिर जग्गा प्रकरण : तीन पूर्वपदाधिकारी पक्राउ
संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन
कांग्रेसका संसदीय पदाधिकारी सर्वोच्चमा, प्रतिनिधिसभा नियमावलीका प्रावधानविरुद्ध रिट
सभामुखको आग्रहपछि पनि संसदमा जारी रह्यो विपक्षीको विरोध
सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग
लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.