सर्वोच्चमा नियमित इजलास केही समयलाई स्थगित हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार ०६:०४

काठमाडौं । सर्वोच्च अदालतमा आगामी साउन १ देखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै मुद्दाको लगत सार्ने वार्षिक कार्यका कारण यो अवधिमा नियमित इजलास केही समयलाई स्थगित हुने भएको हो । नियमित सुनुवाइ साउन ११ गतेपछि पुनः सुरु हुनेछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त अवधिमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनको दर्ता र सुनुवाइ भने यथावत् जारी रहनेछ । विगतमा यस्तो व्यवस्था सामान्यतः दुई सातासम्म रहने गरेकामा यस वर्ष अवधि छोट्याइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.