सुनको मूल्य बढ्दा, चाँदीको घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार ११:०१
सुनको मूल्य बढ्दा, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्यमा वृद्धि भएको छ। बजारमा सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ ।

आइतबार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साताको अन्तिम दिन चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.