भियतनाममा डुंगा पल्टिँदा १५ जनाकाे मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार ०७:०८

काठमाडाैं । भियतनामको दक्षिणी फु क्वोक टापुनजिक पर्यटक बोकेको डुंगा पल्टिँदा १५ जनाको मृत्यु भएको छ ।

डुंगामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए । शनिबार दिउँसो भएकाे दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यम ‘भिएनएक्सप्रेस’ले जनाएको छ।

घटनापछि स्थानीय अधिकारी, तटरक्षक बल तथा आसपास रहेका अन्य डुंगाको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.