एसियाली खेलकुदको तयारीका लागि नेपाली कुस्ती टोली भारत जाने

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १९:१८
एसियाली खेलकुदको तयारीका लागि नेपाली कुस्ती टोली भारत जाने

काठमाडौं । जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुद (एसियाड) को विशेष तयारीका लागि नेपाली कुस्ती टोली बिहीबार भारत प्रस्थान गर्ने भएको छ। वैदेशिक प्रशिक्षणका लागि ६ खेलाडीसहितको टोली भारत जान लागेको हो ।

नेपाल कुस्ती संघका अनुसार प्रशिक्षण टोलीमा ४ पुरुष र २ महिला खेलाडी सहभागी छन् । पुरुषतर्फ सुरेश चुनारा (७४ केजी), रामकिशोर यादव (६५ केजी), निखिलराज पटेल (८६ केजी) र राज यादव (१२५ केजी) रहेका छन् । त्यस्तै, महिलातर्फ सुशीला चन्द (६२ केजी) र शिवांगी दुवे (५७ केजी) ले एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र चन्द रहेका छन् भने व्यवस्थापकका रूपमा खगेन्द्रबहादुर बस्नेत र मुम्ताज अली इद्रिसी भारत जान लागेका हुन् ।

नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीका अनुसार नेपाली टोलीले भारतमा करिब ४५ दिन प्रशिक्षण गर्ने छ । खेलाडीहरूले नयाँ दिल्ली र उत्तर प्रदेशको नन्दनीनगरस्थित विभिन्न प्रतिष्ठित एकेडेमीहरूमा प्रशिक्षण लिने तालिका रहेको छ ।

२० औँ एसियाली खेलकुद जापानको आइची–नागोयामा आगामी असोज ३ देखि १८ गतेसम्म सञ्चालन हुँदै छ। भारतमा आफ्नो प्रशिक्षण पूरा गरेपछि नेपाली टोली त्यहीँबाटै सिधै जापानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष कुसारीले जानकारी दिए।

वैदेशिक प्रशिक्षणले खेलाडीहरूको मनोबल उच्च बनाउने र प्रदर्शनमा सुधार आउने विश्वास संघले लिएको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×