सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १८:०७

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय सुरक्षा, शान्ति–सुव्यवस्था तथा मित्रराष्ट्रसँगको कूटनीतिक सम्बन्धमा प्रतिकूल असर पर्ने विषयवस्तु समेटिएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ ।

मन्त्रालयले असार २६ गते बोर्डलाई पत्राचार गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ (३) अनुसार यस्ता चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो । निर्देशनमा नेपालभित्र सार्वजनिक प्रदर्शन हुने सबै चलचित्रले प्रचलित ऐन तथा नियमावलीबमोजिम अनिवार्य रूपमा चलचित्र जाँच समितिबाट जाँचपास गराउनुपर्ने उल्लेख छ ।

मन्त्रालयले चलचित्र निर्माता, वितरक तथा सरोकारवालालाई ऐनको पूर्ण पालना गर्न आग्रह गर्दै जाँचका क्रममा कानुनविपरीतका विषयवस्तु भेटिएमा प्रदर्शन अनुमति नदिइने स्पष्ट गरेको छ । यही व्यवस्था सबै निर्माता, वितरक तथा सम्बन्धित पक्षलाई जानकारी गराई आवश्यक समन्वय गर्न पनि मन्त्रालयले चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
भारतीय चार विश्वविद्यालयका ११४ जनाको समकक्षता त्रिविद्वारा खारेज
प्रतिनिधिसभा साउन १४ सम्म स्थगित
कोशीको सम्भावित सत्ता समीकरण : नेकपालाई फकाउँदै कांग्रेस–एमाले
विराटनगरमा दिनबन्धु गोयल सम्मानित
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा चार कानुनविद् अदालतको सहयोगी नियुक्त
तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.