स्नान, दान र ‘लुतो फाल्ने’ परम्परासहित देशभर साउने संक्रान्ति मनाइँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०६:३७

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति अर्थात् साउने संक्रान्ति पर्व आज (शुक्रबार) देशभर स्नान, दान तथा धार्मिक आस्थाका साथ मनाइँदै छ ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने भएकाले साउन १ गतेलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा रहेको छ । यसै दिनदेखि सूर्यको दक्षिणायन सुरु हुने विश्वास छ । वैदिक सनातन परम्पराअनुसार दक्षिणायनलाई विशेष धार्मिक महत्वका साथ लिने गरिन्छ ।

साउने संक्रान्तिसँगै नेपाली समाजमा ‘लुतो फाल्ने’ परम्परा पनि जोडिएको छ । असारभरि कृषिकर्मका क्रममा हिलोमैलोमा काम गर्दा हुन सक्ने छालासम्बन्धी समस्या हटोस् भन्ने विश्वासका साथ ‘लुतो फाल्ने’ परम्पराका रूपमा मनाउने गरिएको जनविश्वास छ ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति प्रयोग गरी अगुल्टो फाल्ने चलन छ । त्यसक्रममा कुल परम्पराअनुसार नांलो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने प्रचलन पनि रहेको छ ।

साउन महिना भगवान् शिवको आराधनाको विशेष महिना मानिने भएकाले साउन १ गतेदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको चहलपहल बढ्न थालेको छ । यस अवसरमा महिलाले हरियो चुरा, पोते तथा हरियो वस्त्र धारण गर्ने परम्पराले पनि साउन महिनाको सांस्कृतिक महत्व झल्काउँछ ।

तपाइको प्रतिक्रिया
मन्त्रालय घटेपछि नयाँ जिम्मेवारी
अस्थिरता निम्त्याउने काम नगरौँ, केन्द्रको निर्णय शिरोधार्य हुन्छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की
रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्ष बन्दै
दुर्घटनामा १४ जनाको मृत्यु
चिडियाखाना पुनः सञ्चालनमा
अवकाशप्राप्त करार कर्मचारी हटाइने, बाँकीलाई ‘पुल’बाट व्यवस्थापन गरिने
सुनचाँदीको मूल्य लगातार घट्दै 
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा उच्च गिरावट
मोरङको केराबारीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
हात्तीको हकमा सर्वोच्चको नयाँ नजिर, सरकारलाई सुधारको मार्गचित्र (पूर्णपाठसहित)
सुदखोरी नियन्त्रणमा सरकारको नयाँ पहल, विशेष कानुनदेखि न्यायाधिकरणसम्मको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.