गाइनेद्वय खैरो हेरोइनसहित पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०९:२३
ठगेको आरोपमा चिनी मिलका सञ्चालकद्वय पक्राउ

झापा । झापाको कचनकवलबाट बिहीबार राति लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना युवा पक्राउ परेका छन् ।

कचनकवल गाउँपालिका–४ हरियाली झोडाबाट राति ९ः४० बजेतिर उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कचनकवल–२ संगीत चोकका ३२ वर्षिय विशाल गाइने र २३ वर्षीय सिद्धार्थ गाइने रहेका छन् ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको सई प्रकाशकुमार कार्की नेतृत्वको टोलीले शंका लागेपछि दुवै जनालाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । शरीर खानतलासी गर्दा काले प्लाष्टिकमा गाँठो पारेर लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

पहरीका अनुसार पक्राउ परेकाको साथबाट १ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका गाइनेद्वयविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.