डीडीसीको दूध संकलनमा नयाँ नियम : साउन मसान्तभित्र नवीकरण नगरे दूध नलिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार २०:५६
डीडीसीका पूर्वप्रबन्ध निर्देशक साह भ्रष्टाचार मुद्दामा दोषी

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउन नयाँ नीति ल्याएको छ ।

संस्थानले दूध आपूर्ति गर्ने देशभरका सहकारी र निजी फार्महरूलाई साउन मसान्तभित्र अनिवार्य नवीकरण तथा सम्पर्क गर्न अन्तिम समयसीमा (डेडलाइन) तोकेको हो ।

Advertisement

डीडीसीले जारी गरेको सूचना अनुसार, तोकिएको समयभित्र सम्पर्कमा नआउने संस्थाहरूबाट साउनपछि दूध खरिद गर्न संस्थान बाध्य हुने छैन । दूध संकलनलाई ‘प्रविधिमैत्री र दिगो’ बनाउने उद्देश्यले यो कदम चालिएको डीडीसीले जनाएको छ ।

आफ्नो कारोबार निरन्तर राख्न चाहने उत्पादकले पायक पर्ने जिल्लाका आयोजना कार्यालय वा चिस्यान केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । ५७ वर्षदेखि दुग्ध क्षेत्रमा क्रियाशील डीडीसीले संकलन प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन यस्तो कडाइ गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×