विश्वकप लिग–२ : नामिबियाविरुद्ध खेल्दै नेपाल, ग्लोबल छनोटका लागि जित्नैपर्ने दबाब

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार ११:४७

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज नेपालले नामिबियाको सामना गर्दै छ । नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:२५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा खेलिएका पछिल्ला दुई शृंखलाका ८ मध्ये ६ खेल जितेर नेदरल्यान्ड्स पुगेको नेपाली टोलीको मनोबल यतिबेला उच्च छ । नामिबियाविरुद्धको तथ्याङ्क भने नेपालका लागि केही चुनौतीपूर्ण देखिन्छ । अहिलेसम्म भएका ८ भेटमा नेपालले २ जित मात्र हात पारेको छ भने ५ खेलमा पराजय बेहोरेको छ । १ खेल नतिजाविहीन बनेकाे थियाे ।

आफ्नै मैदानमा सम्पन्न शृंखलामा नामिबियासँग दुवै खेलमा पराजित भएको नेपाल आज सो हारको बदला लिँदै शृंखलामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान सुरक्षित गर्न नेपालका लागि अबका हरेक खेल ‘गर या मर’ जस्तै बनेका छन् । बाँकी रहेका ८ वटै खेल जितेको खण्डमा मात्र नेपालको शीर्ष तीनमा पर्ने सम्भावना जीवित रहनेछ ।

२८ खेलबाट २४ अंक जोडेको नेपाल तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट २२ अंक बटुलेको नामिबिया सातौँ स्थानमा छ । अमेरिकाले यसअघि नै ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गरिसकेको छ तीन स्थानका लागि ७ राष्ट्रबीच कडा प्रतिस्पर्धा छ । नेपालले आजको खेलमा नामिबियालाई पराजित गरेमा अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाउनेछ र ग्लोबल छनोटको सपनातर्फ एक कदम अगाडि बढ्नेछ ।

तपाइको प्रतिक्रिया
पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन
त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य
शिक्षाले जिम्मेवार नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल
कांग्रेस महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी, ७ हजार प्रतिनिधि जुट्दै
अब नयाँ विमानस्थल निर्माण गर्न पूरा गर्नुपर्छ यी ५ मापदण्ड
विराटनगरको रंगमञ्चमा अतीत र साया
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
करुणाको संस्कार: असल मानवदेखि उत्कृष्ट राष्ट्र निर्माणसम्म  
करुणाको संस्कार: असल मानवदेखि उत्कृष्ट राष्ट्र निर्माणसम्म  
९० वर्षीय पूर्वप्रहरीलाई सम्मान गर्न घरमै पुगे कोशी प्रहरी प्रमुख
प्रधानमन्त्रीले भने, ‘गरिबलाई ७५ हजारसम्म अनुदान, मध्यम आयकालाई किस्तामा घर’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×