इरान–अमेरिका तनाव उत्कर्षमा, ट्रम्पको कडा चेतावनीपछि मध्यपूर्वमा उच्च सतर्कता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार ०६:११

एजेन्सी । इरान र अमेरिकाबीचको तनाव थप चर्किएको छ । इरानले जोर्डन, बहराइन र कुवेत आसपासका क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण गरेपछि तनाव उत्कृर्षमा पुगेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अहिलेसम्मकै सबैभन्दा कडा सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी)ले कतार, कुवेत र ओमानमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी मिसाइल प्रहार गरेको दाबी गर्दै त्यससम्बन्धी भिडियो सार्वजनिक गरेको छ ।

Advertisement

कुवेत–इराक सीमास्थित अल–अब्दली क्षेत्रमा पनि ड्रोन आक्रमण भएको जनाइएको छ । कुवेतको रक्षा मन्त्रालयका अनुसार आक्रमणबाट केही भौतिक क्षति भए पनि मानवीय क्षति भएको छैन । पछिल्ला दिनहरूमा यो क्षेत्र लगातार तनावग्रस्त बन्दै गएको छ ।

त्यस घटनापछि राष्ट्रपति ट्रम्पले सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै इरानले अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गरे । उनले इरानविरुद्ध ठूलो सैन्य कारबाहीका बारेमा आफू निर्णयको नजिक पुगेको भन्दै आवश्यक परे अमेरिका एक्लै पनि प्रतिकार गर्न सक्षम रहेको दाबी गरे । उनले इजरायलको सम्भावित सहभागिताका बारेमा पनि संकेत गरेका छन् ।

यता, बढ्दो सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । मन्त्रालयले हवाई उडान जुनसुकै बेला प्रभावित हुन सक्ने र यात्रामा अवरोध आउन सक्ने चेतावनी दिँदै आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । मध्यपूर्वमा युद्धको जोखिम बढ्दै जाँदा क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
बाल मन्दिर ठगी प्रकरण: तत्कालीन सभापति र पदाधिकारीसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर
बाल मन्दिर ठगी प्रकरण: तत्कालीन सभापति र पदाधिकारीसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर
मोटरसाइकलमा ‘स्टन्ट’ गर्ने रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचनाः ‘मजाक–मजाकमै गल्ती भयो’
मोटरसाइकलमा ‘स्टन्ट’ गर्ने रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचनाः ‘मजाक–मजाकमै गल्ती भयो’
आठ जना पूर्वपदाधिकारीविरुद्ध ठगी मुद्दा
रास्वपा सांसदमाथि कालो मसी प्रहार, आक्रमणकारी फरार
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँसहित उपसचिव पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
घट्यो सुनचाँदीको मूल्य 
घट्यो सुनचाँदीको मूल्य 
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 
कोशी प्रदेशको आय र खर्च ६ वर्ष यताकै न्यून
निर्यातजन्य उद्योगका सञ्चालकसँग छलफल गर्दै प्रधानमन्त्री
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×