विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार १९:५१

विराटनगर । विराटनगरमा शनिबारदेखि पहिलो एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता सुरु भएको छ । मोरङ स्पोर्टिङ क्लब तथा मोरङ जिल्ला भेट्रान्स टेबलटेनिस संघको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा जुनियर क्याडेट, सवजुनियर क्याडेटका साथै खुल्ला र ४० वर्षमाथि उमेर समूहको भेट्रान्सबीच प्रतिष्पर्धा भइरहेको मोरङ स्पोर्टिङ क्लबका अध्यक्ष विशाल न्यौपानेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विराटनगरका सामुदायिक र निजी गरी १५ विद्यालयका विद्यार्थी, खुल्ला स्पर्धामा सुनसरी र मोरङका खेलाडी र भेट्रान्समा विराटनगरका गरी १६० खेलाडीहरु सहभागी छन् ।

प्रतियोगिताका विजेता, उपविजेताहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक चन्दन ठाकुरले जानकारी दिए । विराटनगरका २२ वटा विद्यालयलाई प्रतियोगिताका लागि आग्रह गरिएकोमा १५ वटा सहभागी भएको संयोजक ठाकुरले बताए ।

कार्यक्रममा टेबलटेनिस पूर्वराष्ट्रिय खेलाडीहरुलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक ध्रव क्षेत्री, शिवनारायण श्रेष्ठ र पूर्वराष्ट्रिय खेलाडी पंकज सापकोटा रहेका छन् । उनीहरुलाई विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष अनुज बानिया, मोरङ स्पोर्टिङ क्लबका अध्यक्ष विशाल न्यौपाने लगायतले सम्मान गरेका थिए ।

टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष बानियाले मोरङ स्पोर्टिङ क्लबको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिता रहेको बताए । आगामी दिनमा थप टेबलटेनिसका थप कार्यक्रम नियमित रुपमा आयोजना हुने उनको भनाइ छ ।

टेबलटेनिस प्रतियोगिताका अवसरमा खुल्ला आँखा शिविरको पनि आयोजना गरिएको थियो । लाइफ गार्ड अस्पताल र विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा २ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरमा आँखा परीक्षण, रक्तचाप, मधुमेह लगायतको परीक्षण गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×