भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार २०:३४
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी

झापा । झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित पोख्रेल टोलमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । नौ महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएकी रितु ढकालको शंकास्पद मृत्यु भएपछि माइती पक्षले निष्पक्ष छानबिनको माग गर्दै प्रहरीमा दबाब दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ढकाल सोमबार राति करिब ११ः४५ बजे आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको नौ महिनाअघि चन्द्रगढीका प्रसिल कोइरालासँग विवाह भएको थियो।

Advertisement

मृतकका माइती पक्ष र स्थानीयहरूले यो घटनालाई सामान्य आत्महत्या मान्न अस्वीकार गरेका छन् । उनीहरूले घटनाको प्रकृति हेर्दा हत्याको शंका उब्जिएको भन्दै दोषीमाथि कडा कानुनी कारबाही र निष्पक्ष छानबिनको माग गरेका छन् ।

माइती पक्षले स्थानीय प्रादेशिक अस्पताल भद्रपुरमा शव परीक्षण (पोस्टमार्टम) गर्न सहमति नजनाएपछि थप विस्तृत अनुसन्धानका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । माइत पक्षको आग्रह अनुसार फरेन्सिक रिपोर्टका लागि शव धरान पठाइएको प्रहरीले जनाएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले घटनाको बारेमा गम्भीरताका साथ अनुसन्धान भइरहेको जानकारी दिए । उनले घटनाको प्रकृति, मृत्युको कारण र घटना हुनु अघिका गतिविधिबारे सूक्ष्म अनुसन्धान सुरु भइसकेको र शव परीक्षण प्रतिवेदन तथा  फरेन्सिक प्रमाणका आधारमा सत्य तथ्य छिट्टै सार्वजनिक गरिने बताए ।

घटना स्थलको मुचुल्का उठाएर अन्य प्राविधिक अनुसन्धानलाई अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : स्थिति पूर्णरूपमा तनावग्रस्त, अवस्था सुरक्षा नियन्त्रणबाहिर
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×