
काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका-४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म ब्यारेकमा एक हवल्दार मृत फेला परेका छन् ।
कैलालीको गौरीगङ्गा नगरपालिका-५ चौमालाका ३८ वर्षीय घनश्याम ढकाल मृत अवस्थामा भेटिएका हुन् ।
सशस्त्र प्रहरी हवल्दार ढकाल आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ ।

























