मापदण्ड नबनेसम्म ४ प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १५:१३

काठमाडौं । सर्वोच्च अदालतले निश्चित मापदण्ड नबनेसम्म चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै मुख्य रजिस्ट्रारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले कानुनअनुसार गोपनीय राख्नुपर्ने, बन्द इजलासबाट सुनुवाइ हुने, मुद्दाका पक्ष वा कानुन व्यवसायीले गोपनीयताको माग गरेका र अदालत वा इजलासले उपयुक्त ठहर्‍याएका विषयको प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको हो ।

Advertisement

सर्वोच्चले प्रत्यक्ष प्रसारण गरिएका भिडियो क्लिपहरू तोडमोड र दिग्भ्रमित हुने गरी प्रसारण नगर्न र त्यसरी प्रसारण भएको भए सम्बन्धित निकायबाट रोक्न पनि भनेको छ ।

अधिवक्ता जीवनकुमार शाही लगायतले अदालतका मुद्दाको प्रत्यक्ष प्रसारणले कामकारबाही प्रभावित पारेको र जनमानसमा दुविधा एवं नकारात्मक धारणा बनेको भन्दै विशेष अदालत काठमाडौं तथा उच्च अदालत जनकपुरको प्रत्यक्ष प्रसारण रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

अदालतले प्रत्यक्ष प्रसारणसम्बन्धी मापदण्ड बनाउने गृहकार्य भइरहेको जनाउँदै मार्गदर्शन नबन्दासम्म तोकिएका चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको हो ।

तपाइको प्रतिक्रिया
मिर्गौला फेल भएकी भुटानी शरणार्थीको उपचारका लागि बाटो फुकाउन सर्वोच्चको आदेश
सुनसरीको हरिनगरामा प्रहरीको गाडीमा आक्रमण
प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तहरूमा वाग्ले तथा सुब्बा सर्वसम्मत अनुमोदन
सवारी साधनको दर्ता वर्षका आधारमा जाँचिनेछ सवारी प्रदूषण
नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो
सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न अपिल
देवानगन्ज घटनाका मृतक परिवारलाई २ लाख दिने कोशी सरकारको निर्णय
बनारसको सम्पूर्णानन्द विश्वविद्यालयमा सापकोटालाई २ स्वर्णपदक
नेपाल टेलिकमका सबै टावरमा विद्युत् पुर्‍याउन निर्देशन
१६ वर्ष पुगेकालाई मतदान अधिकार दिन रास्वपाको प्रस्ताव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×