देशभरका अस्पतालमा नियमित उपचार सेवा सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १०:०८

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि देशभरका अस्पतालमा आज (बिहीबार)देखि नियमित स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ । सहमतिसँगै चिकित्सकहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

स्वास्थ्य मन्त्रालयमा बुधबार साँझ सरकार र आन्दोलनरत चिकित्सकबीच भएको वार्तापछि सहमति जुटेको हो । त्यसपछि नेपाल चिकित्सक संघले आन्दोलन तत्कालका लागि स्थगित गर्दै चिकित्सकहरूलाई नियमित काममा फर्किन आह्वान गरेको छ ।

Advertisement

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । घटनामा संलग्नमाथि कानुनी कारबाही गर्नुपर्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्नुपर्ने तथा यस्ता घटना दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने माग राख्दै संघले आन्दोलन थालेको थियो ।

आन्दोलनका क्रममा मंगलबार र बुधबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएका थिए । ओपीडी लगायतका नियमित सेवा बन्द हुँदा उपचारका लागि पुगेका हजारौँ बिरामीले सास्ती बेहोर्नुपरेको थियो ।

सरकारसँग पाँचबुँदे सहमति भएपछि आन्दोलन अन्त्य भएको छ । बिहीबार बिहानदेखि देशभरका अस्पतालमा ओपीडीसहित सबै स्वास्थ्य सेवा पूर्ववत् सञ्चालनमा आएको नेपाल चिकित्सक संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सुनसरी घटनालाई लिएर सरकारमाथि राप्रपा सांसद ओलीको कडा प्रहार
ईभी दुर्घटना बढेपछि छुट्टै ट्रायल परीक्षा र स्पिड गभर्नर राख्न प्रस्ताव
रुसी हवाई आक्रमणमा युक्रेनमा १३ जनाको मृत्यु
कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस
सुनसरी घटनालाई लिएर एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै
सुनचाँदीको मूल्य बढ्यो 
सुनको मूल्य तोलामा ८ सयले बढ्यो, चाँदी घट्यो
दन्किरहेको सुनसरीप्रति सरकारको बेवास्ता : गृहमन्त्री आएनन्, प्रधानमन्त्री बोलेनन्
सद्भाव जोगाउन प्रशासन सक्रिय, मोरङमा बोलाइयो सर्वपक्षीय बैठक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×