सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा लिखित जवाफपछि अर्को पेसी तोकिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १६:००
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध परेको रिटमा विपक्षीहरूबाट लिखित जवाफ पेस भएपछि सुनुवाइको अर्को पेसी तोक्न आदेश दिएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको थियो।

Advertisement

पूर्वन्यायाधीश टोपबहादुर सिंहको रिटमा सम्पत्ति छानबिन आयोगको लिखित जवाफ पेस नभएको पाइएपछि अर्को सुनुवाइका लागि पेसी तोक्न आदेश भएको रिट निवेदक अधिवक्ता डा. प्रेमराज सिलवालले बताए।

सम्पत्ति छानबिन आयोगको गठन र त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष एवं सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीश टोपबहादुर सिंह ठकुरी, अधिवक्ता डा. प्रेमराज सिलवाल, लिगल इनोभेसन एन्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मनिराम उपाध्याय र मानबहादुर लामिछानेले सर्वोच्चमा भिन्नाभिन्नै रिट दायर गरेका थिए।

यसअघि सर्वोच्च अदालतले आयोगको कामकारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेश अनुरूप आयोगले असार ३२ गते सूचना जारी गर्दै उजुरी लिने तथा अनुसन्धानका सम्पूर्ण कामकारबाही तत्कालका लागि स्थगन गरेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×