इटहरीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ११:०४

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँधारे चोकबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल इटहरीमा डेरा गरी बस्ने २५ वर्षीय अनिश लामा रहेका छन् ।

शनिबार साँझ करिब ७ बजेतिर पाँधारे चोकमा लागुऔषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय (रिट) विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले लामालाई शंकास्पद अवस्थामा फेला पारी चेक गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार लामालाई चेक गर्दा उनको साथबाट ३ ग्राम ३६० मिलिग्राम  ग्राम ब्राउन सुगर फेला परेको हो ।ब्राउन सुगरसहित नियन्त्रणमा लिइएका लामालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
एफएनजे ग्लोबल मिडिया सम्मेलन टोकियो: ९ बुँदे  घोषणापत्र जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.