बुढानीलकण्ठमा प्रहरीको गोली प्रहार, एक जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ११:२४
बुढानीलकण्ठमा प्रहरीको गोली प्रहार, एक जना पक्राउ 

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ–१३ चुनिखोलामा प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ ।

चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले कर्मा तामाङलाई गोली प्रहार गरी पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार राति १०ः २५ बजेतिर तामाङलाई नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । साथमा रहेको खुकुरीले प्रहरी टोलीलाई प्रहार गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन तीन राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

गोली लागेर घाइते भएका तामाङको साथबाट प्रहरीले लुटपाट र आक्रमणमा प्रयोग भएको खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेका तामाङ विभिन्न चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको र प्रहरीको खोजी सूचीमा रहेको बताइएको छ ।

घाइते तामाङलाई तत्काल उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको र अहिले त्यहाँ उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । तामाङको संलग्नताका बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.