
इलाम । इलाम–झापा फास्ट ट्रयाकको बेलासे–मूलघाट खण्डमा आज (आइतबार) यात्रुवाहक बोलेरो दुर्घटना भएको छ ।
इलामको सोयाकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १-०१-००१-ज ३७०४ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी गाडीमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । मेची राजमार्गको इलाम, राजदुवालीमा पर्ने खण्ड पहिरोले क्षतिग्रस्त भएपछि यो सडक वैकल्पिक मार्गका रुपमा सञ्चालन हुँदै आएको छ । अधिकांश भाग कच्ची भएकाले वर्षा याम सुरु भएपछि यस क्षेत्रमा पनि यातायात सञ्चालन कठिन हुने गरेको छ ।

























