साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक: नेपाल विना ६ राष्ट्रबीच प्रतिस्पर्धा 

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १२:०४
साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक: नेपाल विना ६ राष्ट्रबीच प्रतिस्पर्धा 

काठमाडौं । दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ को आगामी संस्करणको खेल तालिका सार्वजनिक भएको छ । आगामी नोभेम्बरमा बंगलादेशमा आयोजना हुने यस प्रतियोगितामा दक्षिण एसियाका ६ वटा राष्ट्रले मात्र सहभागिता जनाउने भएका छन् ।

सार्वजनिक तालिका अनुसार सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक राष्ट्र बंगलादेशसँगै श्रीलंका र भुटान रहेका छन् । समूह ‘बी’ मा साबिक विजेता भारत, पाकिस्तान र माल्दिभ्स परेका छन् ।

प्रतियोगिता नोभेम्बर ४ तारिखदेखि सुरु भई नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । यस पटकको साफ च्याम्पियनसिपमा नेपाली फुटबल समर्थकका लागि भने खल्लो खबर छ । दक्षिण एसियाली फुटबलको सक्रिय सदस्य भए तापनि फिफाको कारबाहीका कारण नेपालले यस पटक प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको हो । साफका ७ सदस्य राष्ट्रमध्ये नेपाल बाहेकका अन्य ६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×