नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार १४:५८
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै

काठमाडौं । नेपालमा नीतिगत अस्थिरताले समग्र अर्थतन्त्रमा ठूलो र नकारात्मक असर पार्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले हालै प्रकाशित गरेको एक कार्यपत्रले यस्तो देखाएको हो ।

‘म्याक्रोइकोनोमिक इफेक्ट्स अफ इकोनोमिक पोलिसी अनसर्टेन्टी: एभिडेन्स फ्रम नेपाल’ नामक उक्त कार्यपत्रले बारम्बार परिवर्तन भइरहने सरकारी नीति, बजेट र मौद्रिक नीतिको अन्योलताले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको निष्कर्ष निकालेको छ ।

Advertisement

राष्ट्र बैंकका अनुसन्धाताहरू वीरेन्द्रबहादुर बुढा, रोहन व्यञ्जनकार र स्वस्तिक नेपालले सन् २०११ देखि हालसम्मको अवधिलाई समेटेर नेपालमा नीतिगत अनिश्चितताको मापन गरेका थिए । अध्ययनले नीतिगत अस्थिरता वा अनिश्चितता बढ्दा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), सेयर बजार, निजी क्षेत्रमा जाने कर्जा र आयातमा भारी गिरावट आउने देखाएको छ ।

अध्ययनकर्ताहरूले नीतिगत अनिश्चितता मापन गर्न गुगल ट्रेन्ड्सको नयाँ विधिको प्रयोग गरेका छन् । जब अर्थतन्त्रमा कुनै नीतिगत परिवर्तन हुने हल्ला चल्छ वा सङ्कट आउँछ, तब आम मानिस, लगानीकर्ता र व्यवसायीहरूले इन्टरनेटमा त्यसबारे बढी खोजी गर्न थाल्छन् ।

अध्ययनमा अर्थतन्त्र, बजेट, मौद्रिक नीति, कर, ब्याजदर जस्ता ५६ वटा (विस्तारित रूपमा २०१ वटासम्म) आर्थिक शब्दहरूको गुगल सर्च भोल्युमलाई आधार मानेर गुगल ट्रेन्ड्स अनसर्टेन्टी इन्डेक्स (जीयुआई) तयार पारिएको थियो । मानिसहरूले यी विषयमा जति धेरै इन्टरनेटमा खोजी गर्छन्, अर्थतन्त्रमा उति नै धेरै अनिश्चितता छाएको मानिन्छ ।

अध्ययनले नेपालमा विशेष गरी सरकारले बजेट र राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्ने समयमा सबैभन्दा धेरै आर्थिक नीतिगत अनिश्चितता बढ्ने गरेको देखाएको छ । यसबाहेक सन् २०२२ अप्रिलमा नेपालको विदेशी मुद्रा सञ्चिति ऐतिहासिक रूपमा घट्दा पनि उच्च अनिश्चितता देखिएको थियो ।

कार्यपत्रले नीतिगत अनिश्चितता बढेको खण्डमा समग्र अर्थतन्त्र खुम्चिने अवस्था सिर्जना हुने निष्कर्ष निकालेको छ । यसले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पार्ने प्रभावका बारेमा समेत कार्यपत्रमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
धार्मिक-जातीय द्वेष फैलाएको आरोपमा पक्राउ
पुरानै लयमा फर्किदै सुनसरी, सडकदेखि बजारसम्म बढ्यो चहलपहल
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
एभरेष्ट स्कुलको हाइकिङः प्रकृति र एकताको खुला पाठशाला
कर्पोरेट क्रिकेट लिगको तेस्रो सिजन भदौ १८ देखि हुने
देवानगन्जमा जनप्रतिनिधि र प्रहरीको पहलपछि भिड साम्य, घाइते महिलाको विराटनगरमा उपचार हुँदै
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.