
विराटनगर । विराटनगर महानगरपालिका–४ आयल निगमस्थित कोशी राजमार्गमा आइतबार राति भारतीय मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
बरगाछीबाट नेमुवातर्फ जाँदै गरेको बीआर ११ एडब्लू १७२८ नम्बरको भारतीय मोटरसाइकलले पैदल हिँडिरहेका करिब ५० वर्षीय नेपाल सरकारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उनी भारतको कोलकाताका स्थायी बासिन्दा भए पनि हाल विराटनगर–४ कदमगाछीमा भरत चौधरीको घरमा डेरा गरी बस्दै आएका थिए ।
टाउको, गाला र निधारमा गम्भीर चोट लागेका सरकारलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगर लगिएकोमा राति ९ः२० बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक भारत जोगबनीका २८ वर्षीय सौरभकुमार सुमन साह र पछाडि सवार २६ वर्षीय मोहम्मद दानिसलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























