रोल्पाको इरीवाङ केन्द्रबिन्दु भूकम्पको धक्का महसुस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार ०८:२६
रोल्पाको इरीवाङ केन्द्रबिन्दु भूकम्पको धक्का महसुस

काठमाडौं । रोल्पा जिल्लालाई केन्द्रबिन्दु बनाएर सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु रोल्पाको इरीवाङ आसपास रहेको केन्द्रले जनाएको छ । बिहानको समयमा एक्कासि जमिन हल्लिएपछि रोल्पाका साथै आसपासका छिमेकी जिल्लाहरूमा समेत सर्वसाधारणले धक्का महसुस गरेका थिए । गहिरो निद्रामा रहेका कतिपय स्थानीय बासिन्दा भूकम्पको झट्कासँगै आत्तिएर घरबाहिर निस्किएका थिए ।

Advertisement

भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानबाट क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ, तर अहिलेसम्म कतैबाट अप्रिय खबर आएको छैन ।

 

तपाइको प्रतिक्रिया
राहदानी कसुरमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ
साढे तीन महिनामा विपद्का ४ हजारभन्दा बढी घटना: १९६ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकको पहिरो हटाइयो, दुवैतर्फी यातायात सञ्चालनमा
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
३ दिन भारी वर्षाको सम्भावनाः बाढी र पहिरोको जोखिम उच्च
चिया निर्यात घट्यो: पूर्वी नाकाबाट ३ अर्ब ५२ करोडको निकासी
सप्तरीको राजविराज र बोदेबर्साइनबाट निषेधाज्ञा हटाइयो
सुनकोसीमा कार खस्यो: चालकसहित ३ जना बेपत्ता
सुस्ता विवाद राष्ट्रियसभामा: एसएसबीको हस्तक्षेपबारे सरकारको ध्यानाकर्षण
बालबालिकालाई सदस्यता दिएकोबारे रास्वपालाई मानव अधिकार आयोगको पत्र
मानवअधिकार उल्लंघनसम्बन्धी ३९ उजुरी दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.