नेप्सेमा झिनो गिरावट: कारोबार रकम ४ अर्ब ५७ करोड बढी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १५:५५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो कारोबार दिन सोमबार झिनो गिरावट आएको छ। आज नेप्से परिसूचक १.२० अङ्कले घटेर २६८४.३३ विन्दुमा कायम भएको छ। आज कुल ३४९ कम्पनीका १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ भने बाँकी ७ कम्पनीको मूल्य स्थिर रहेको छ। बजार दिनभर उतारचढावपूर्ण रहँदै अन्ततः रातो रङमा बन्द भएको हो।

Advertisement

समूहगत आधारमा आज कुनै पनि परिसूचकमा ठूलो उतारचढाव देखिएको छैन। सोमबारको कारोबारमा इस्टर्न हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिसेयर १५०५.६० रुपैयाँ पुगेको छ। यस्तै रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सबैभन्दा बढी ७.४० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। यस कम्पनीको २७ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको १७ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.