बाढीले छोरा बगाएपछि आमाद्वारा आत्महत्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ०८:०४
 पोखरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ मा एउटै परिवारमा दुई वटा ठुला बज्रपात आइलागेका छन् । सोमबार साँझ स्कुलबाट फर्कने क्रममा बाढीले बगाएर छोराको मृत्यु भएपछि सोही पीडा सहन नसकी आमाले पनि आत्महत्या गरेकी छन् ।

सोमबार साँझ माईजोगमाई–२ स्थित जोगमाई भ्याली बोर्डिङ स्कुलबाट छुट्टी भएर घर फर्कँदै गरेका १२ वर्षीय आहान खत्रीलाई स्थानीय बजुर खोल्सामा आएको बाढीले बगाएको थियो । माईजोगमाई–२ का वडाध्यक्ष डम्बर सुवेदीका अनुसार वर्षाका कारण आएको ठुलो बाढीमा परेर बालक बेपत्ता भएका थिए । स्थानीयले बालकको शव फेला पारे पनि निरन्तरको वर्षा र भौगोलिक कठिनाइका कारण निकाल्न कठिन भएको थियो ।

Advertisement

छोरालाई बाढीले बगाएको र उनको मृत्यु भएको खबर पाएपछि ३८ वर्षीया आमा अमृता लेप्चा खत्री सोमबार रातिदेखि नै घरबाट हराएकी थिइन् । रातभर स्थानीय र आफन्तले खोजी गर्दा उनी फेला परेकी थिइनन् । तर, आज (मंगलबार) बिहान घर नजिकैको रुखमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेकी स्थानीय प्रदीप खड्काले जानकारी दिए ।

मृतक अमृताका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन् । अमृता आफ्ना छोरा आहानलाई पढाउनका लागि माईजोगमाईस्थित माइतीघरमा बस्दै आएकी थिइन् । उनको स्थायी घर गुल्मी भए पनि लामो समयदेखि माइतीमै बस्दै आएकी थिइन् ।

घटनास्थलमा प्रहरी टोली पुगेर कानुनी प्रक्रिया अगाडि बढाइएको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
एमाले नेताहरु काठमाडौंतिर, यता मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान
सुस्ता अतिक्रमण : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ: एमाले
मुख्यमन्त्री हेरफेर किचलो: योगेशले सोधे-‘साटसुट र शक्तिको भाषा किन ?’
कप्तानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, रवीन्द्रकुमार मेहताको पनि काठमाडौंमा मृत्यु
‘भूमिहीन र सुकुम्बासी व्यवस्थापनका नाममा रकम असुले कारबाही’
पहिरोले भासियो सडक
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङविरुद्ध क्यूआरटीले ‘भण्डाफोर अभियान’ चलाउने
विराटनगरको केशव धाममा १ जना मृत फेला
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.