नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १३:०५

काठमाडौं। सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीका रूपमा नियुक्त गर्ने निर्णय गरेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनोट गर्न दरखास्त आह्वान गरेको थियो। सोही प्रक्रियाबाट निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक साहका साथै कौशल केसी र सञ्जीवकुमार देव अन्तिम तीनमा सिफारिस भएका थिए। निगममै काम गरेको लामो अनुभवका आधारमा मन्त्रिपरिषद्ले साहलाई नेतृत्व सुम्पिने निर्णय गरेको हो।

Advertisement

नवनियुक्त कार्यकारी निर्देशक साहका सामु अहिले विभिन्न चुनौतीपूर्ण जिम्मेवारीहरू रहेका छन्। विशेष गरी देशका विभिन्न भागमा देखिएको खाना पकाउने ग्यासको अभाव र उपभोक्ताहरू लाइनमा बस्नुपर्ने बाध्यतालाई तत्काल अन्त्य गर्नु उनको प्राथमिक चुनौती हुनेछ।

तपाइको प्रतिक्रिया
कांग्रेस विवाद: सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.