नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा प्रजापति नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १९:२२

काठमाडौं । सरकारले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापतिलाई नियुक्त गरेको छ। स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उनले यो जिम्मेवारी पाएकी हुन्।

काउन्सिलको उपाध्यक्षमा बिमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्ट नियुक्त भएका छन्।

Advertisement

नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथग्रहणसँगै उनीहरूले काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.