
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एकै पटक ३३ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना जारी गर्दै ठुलो संख्यामा एसपीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह र साधारण उपसमूहतर्फका उपरीक्षकहरूलाई विभिन्न कार्यालयहरूमा सरुवा गरिएको छ।
नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत संगठनको आवश्यकता र कार्यक्षमताका आधारमा एसपीहरूको जिम्मेवारी हेरफेर गरिएको प्रधान कार्यालयको सूचनामा उल्लेख छ।
यी हुन् सरुवामा पर्नेहरु



















