बैंकिङ कसुरमा कोशी प्रदेश तेस्रो स्थानमा, १ हजार १५७ मुद्दा दर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १३:१९
प्रतीकात्मक तस्बिर

विराटनगर। नेपालमा पछिल्लो समय बैंकिङ कसुर तीव्र रूपमा बढ्दै जाँदा कोशी प्रदेश पनि यसबाट गम्भीर रूपमा प्रभावित भएको देखिएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर दर्ता भएका बैंकिङ कसुरका मुद्दामध्ये कोशी प्रदेशमा १ हजार १५७ वटा मुद्दा दर्ता भएका छन्।

Advertisement

उपत्यकाबाहिरका प्रदेशहरूको तुलनामा कोशी प्रदेश बैंकिङ कसुर धेरै हुने सूचीको तेस्रो स्थानमा परेको छ। प्रदेशभर आर्थिक गतिविधि र बैंकिङ कारोबार बढेसँगै चेक अनादर (चेक बाउन्स), ठगी र वित्तीय अनियमितताका घटनाहरू वृद्धि भएको प्रहरीको विश्लेषण छ।

नेपाल प्रहरीका अनुसार देशभर कुल १२ हजार ९५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। जसमध्ये काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४६.५० प्रतिशत अर्थात् ६ हजार २२ वटा मुद्दा परेका छन्।

उपत्यकाबाहिर मधेश प्रदेशमा सबैभन्दा बढी १ हजार ७५७ र लुम्बिनी प्रदेशमा १ हजार २१८ वटा मुद्दा दर्ता भएका छन्। कोशी प्रदेशमा १ हजार १५७ मुद्दा दर्ता हुँदा बागमती प्रदेश (उपत्यका बाहेक) मा १ हजार २१, गण्डकीमा ९९४, सुदूरपश्चिममा ४२६ र कर्णाली प्रदेशमा सबैभन्दा कम ३५५ वटा मुद्दा दर्ता भएका छन्।

तपाइको प्रतिक्रिया
 सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
भदौदेखि शिक्षक महासंघको आन्दोलन
भदौदेखि शिक्षक महासंघको आन्दोलन
देउवाविरुद्ध मुद्दा र पक्राउ पुर्जीबारे रेकर्ड हेर्दै प्रहरी
कर्णाली विकास बैंक घोटाला प्रकरणः तत्कालीन सिइओ शाहसहित ३ जना पक्राउ
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
बैंकिङ कसुरमा कोशी प्रदेश तेस्रो स्थानमा, १ हजार १५७ मुद्दा दर्ता
विद्यालयमा गोली चल्दा ७ जनाको मृत्यु, १५ घाइते
५ लाख जरिवाना अव्यावहारिक भएको भन्दै ट्रक व्यवसायीको आपत्ति
बालसुरक्षामा मेटामाथि ५६ करोड ७० लाख डलरको थप जरिवाना
इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुन सक्ने ट्रम्पको संकेत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.