सामान किनेको बिलले बनाउन सक्छ लखपति: राजस्व विभागको उपहार योजना आजदेखि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार ०८:११
सामान किनेको बिलले बनाउन सक्छ लखपति: राजस्व विभागको उपहार योजना आजदेखि

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आज (शुक्रबार) पहिलो पटक ‘करदाता प्रोत्साहन उपहार’ घोषणा गर्दै छ। साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूमध्येबाट गोला प्रथा मार्फत विजेता छनोट गरिने विभागले जनाएको छ।

बिहीबार विभागका प्राविधिकहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको प्राविधिक प्रणाली र विधि वारे जानकारी गराएका थिए । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार यो कार्यक्रमले उपभोक्तालाई अनिवार्य रूपमा बिल लिने बानी बसाल्न प्रेरित गर्नेछ ।

Advertisement

यस कार्यक्रम अन्तर्गत साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा १५ जनाले जनही १ लाख रुपैयाँ (कर कट्टी गरेर) नगद पुरस्कार पाउने छन् । त्यस्तै, सोही अवधिमा खरिद गर्ने सम्पूर्ण उपभोक्ताहरूमध्येबाट एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको  ‘बम्पर उपहार’ प्राप्त गर्नेछन् । १० लाखको पुरस्कारमा भने नियमानुसार कर लाग्ने विभागले जनाएको छ ।

बैंक वा वालेटको क्यूआरमार्फत भुक्तानी गर्ने उपभोक्ताहरू यस प्रक्रियामा स्वतः सहभागी हुनेछन् । तर, नगदमा कारोबार गर्नेहरूले भने अनिवार्य रूपमा प्यान वा भ्याट बिल मागेर त्यसलाई विभागको वेबसाइटमा प्रविष्ट गरी कुपन लिनुपर्नेछ । उपहार दाबी गर्नका लागि सक्कल बिल अनिवार्य रूपमा साथमा हुनुपर्नेछ ।

आगामी दिनमा हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन यसरी नै उपहार घोषणा गरिने कार्यविधि तयार पारिएको छ ।

तपाइको प्रतिक्रिया
ट्यांकरबाट हवाई इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ
ट्यांकरबाट हवाई इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ
काठमाडौंको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने 
काठमाडौंको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने 
नेपालले एएफसी यु–२० एसियन कप छनोट पनि गुमायो
नेपालले एएफसी यु–२० एसियन कप छनोट पनि गुमायो
ककरोच जनता पार्टीद्वारा राष्ट्रिय कार्यसमिति घोषणा 
ककरोच जनता पार्टीद्वारा राष्ट्रिय कार्यसमिति घोषणा 
सामान किनेको बिलले बनाउन सक्छ लखपति: राजस्व विभागको उपहार योजना आजदेखि
सामान किनेको बिलले बनाउन सक्छ लखपति: राजस्व विभागको उपहार योजना आजदेखि
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
कानेपोखरीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु
कानेपोखरीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण
राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज कस्तो रहला देशभरको मौसम ?
आज कस्तो रहला देशभरको मौसम ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.